१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

किन सुनसान बन्दैछ ठमेल ? झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो

किन सुनसान बन्दैछ ठमेल ? झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो
अ अ+ अ-

काठमाडौँ । ‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानीको ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोना भाइरसको प्रभावले नेपालको सबैभन्दा व्यस्त र मुटु मानिएको पर्यटन बजार ठमेल शून्यजस्तै लाग्न थाल्यो । उनले भने, चीनका पर्यटकमा निर्भर ठमेल ज्याठा गल्लीका अधिकांश होटल बन्द हुने अवस्थामा छन् । बुकिङ रद्द भएपछि थप चिन्ता बढेको छ ।

ठमेल चोकस्थित फायर–डे क्याफे एन्ड रेस्टुराँका सञ्चालक दावा तामाङको समस्या पनि होटल व्यवसायी खनालको भन्दा कम छैन । मैले त ठमेल जानै छोडे तामाङले भने, विदेशी पाहुनामा निर्भर होटल–रेस्टुराँ कोरोनाको त्रासका कारण सुक्न थाले । यो पर्यटक भित्रने सिजन हो, गोरो अनुहार भित्रिएको खै त ? प्रश्न गरे र थपे, कोरनाको सन्त्रास विश्वभर फैलिएका कारण त्यसको प्रभाव नेपालमा पनि पर्यो । चीन र नेपाल छिमेकी मुलुक भएकाले कतिपय पश्चिमा मुलुकबाट यता भ्रमणमा निस्कन डराउने गरेको पाइएको छ ।

विशेष गरी चीनको लगानी र पर्यटकको बाक्लो आगमन हुने ज्याठा क्षेत्र यतिबेला शून्य बनेको हो । नयाँ वर्ष मनाउन जनवरीको अन्त्यतिर गएका चीनका पर्यटन व्यवसायी कोरोनाको सन्त्रासले नेपाल फर्किएका छैनन् । चीनका नागरिकको लगानीबाट सञ्चालित अधिकांश होटल, रेस्टुराँ, कार्गो, रुद्राक्ष पसल नेपाली कामदारको भरमा सञ्चालन हुँदै आएका छन् । हस्तकलाका सामग्री निर्यात ठप्प हुँदा व्यापार व्यवसाय शिथिल देखिएको छ । होटल, रेस्टुराँ र पसल चकमन्न छन् ।के गरी व्यवसाय सञ्चालन गर्ने हामी चिन्तामा छौँ, टानका पूर्वकोषाध्यक्ष पर्यटन व्यवसायी लीला दाहाल भन्छन्, २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीभन्दा पनि अहिले अवस्था जटिल बन्दै गएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाका अनुसार ठमेलमा पाँच हजारभन्दा बढी व्यवसाय छन् । तीमध्ये पर्यटक लक्षित होटल र रेस्टुराँ तीन हजार पाँच सय छन् । कोरोनाको सन्त्रासका कारण यी सम्पूर्ण व्यवसाय प्रभावित बनेका छन् । नेपालमा कोरोना नभए पनि चीनमा देखापरेका कारण चीनका पर्यटकको आगमन ठप्प भएसंँगै अन्य देशका पर्यटकको आगमनसमेत घटेको छ । उनले भने, ७५ प्रतिशत होटल बुकिङ रद्द भएको छ । कोरोना सङ्क्रमण भित्रिन नदिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत सीमामा क्वारेन्टाइन चेकपोस्ट राखेको छ ।

नेपाल प्रवेश गर्नेलाई विशेषज्ञबाट स्वास्थ्य परीक्षण हुनुका साथै सङ्क्रमण भित्रन नदिन उच्चस्तरको स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल पर्यटन विकास बोर्डले चीनमा फैलिएको कोरोना सङ्क्रमणका कारण विश्वकै पर्यटन व्यवसाय सुस्त बनेको जनाएको छ ।
दैनिक दुई हजारदेखि तीन हजारको सङख्यामा विदेशी पर्यटक भित्रने नेपालमा दैनिक आठ सयदेखि हजारसम्म झरेको बोर्डले जनाएको छ ।

पर्यटकको सिजन सुरु हुने बेला यस्तो विपद् आइलाग्दा धैर्य गर्नुबाहेक अन्य विकल्प नभएको सम्बद्ध अधिकारी बताउँछन् । नेपाल हुँदै धार्मिक तीर्थस्थल मानसरोवर र तिब्बत भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि ठप्प नै छ तर पनि पर्यटन विकास बोर्डले विकसित मुलुकका नागरिकलाई नेपाल भ्रमणका लागि अनुरोध गर्दै आएको छ । गोरखापत्र दैनिकबाट