१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

सरकारी छानबिन आयोगको निष्कर्ष: पाइलट ‘अति उत्साहित’ हुँदा दुर्घटना

सरकारी छानबिन आयोगको निष्कर्ष: पाइलट ‘अति उत्साहित’ हुँदा दुर्घटना
अ अ+ अ-

काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटना पाइलट ‘अति उत्साहित’ हुँदा भएको सरकारी छानबिन आयोगले निष्कर्ष निकालेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुंगा सिस्नेभिरमा एयर डाइनेस्टिको ९एन–एएमआइई एएस ५० बि३ई हेलिकोप्टर दुर्घटना भएको थियो । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरिएको चार सदस्यीय जाँच आयोगले करिब एक वर्ष लगाएर प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो ।

दुर्घटनाकै दिन मन्त्रिपरिषद्द्वारा गठित जाँचबुझ आयोगले ‘अति उत्साहित’ पाइलटले प्रतिकूल मौसमका बाबजुद पाथिभरा हेलिप्याडबाट हेलिकोप्टर उडाएको पाइएको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदनले पाथिभरा हेलिप्याडबाट उड्नेबित्तिकै पाइलटले प्रतिकूल मौसमको सामना गर्नुपरेको पाएको छ । तीव्र गतिको हावा चल्नुका साथै हिउँ पर्न सुरु गरेको उक्त अवस्थामा पाइलटले हेलिकोप्टरमाथिको नियन्त्रण गुमाएको कारण भीरसँग ठोकिएर दुर्घटना भएको आयोगको निष्कर्ष छ ।

आयोगले तयार पारेको प्रतिवेदन सोमबार संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सार्वजनिक गरेको छ । ‘पाइलट अति उत्साहित थिए, पाथिभरा हेलिप्याडबाट उड्ने वित्तिकै प्रतिकुल मौषमसहित हावाहुरी र हिउँ पर्न शुरु गरेको थियो’, प्रतिवेदनमा भनिएको छ,‘उडानपछि हेलिकोप्टर आइएमसीमा प्रवेश गर्यो, हेलिकोप्टर कुहिरोमा हरायो र चालकले आफ्नो नियन्त्रण गुमाएपछि दुर्घटनामा पर्यो ।’ आयोगले भविष्यमा यस्ता दुर्घटनाबाट बच्न पाइलटलाई पर्याप्त कौशलको तालिम दिन, हेलिकोप्टरहरूको अवस्था राम्रो राख्न लगायतका सुझाव समेत दिएको छ ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा भएको थियो । हेलिकोप्टरमा सवार अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो । पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दुर्घटनामा परेको ‘सिंगल इन्जिन हेलिकोप्टर एच१२५’ फ्रान्सस्थित युरोकोप्टर र एरोस्पटाइलले निर्माण गरेको हो । आयोगका अध्यक्ष गौतमसहितको टोली दुर्घटना भएको एक सातापछि दुर्घटनास्थल पुगेको थियो । गौतमको अध्यक्षतामा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहित नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला र क्याप्टेन प्रमोद लामा सम्मिलित जाँचबुझ आयोग गठन गरेको थियो । सौर्य दैनिक