१ पुष २०८२, मंगलवार
,
Latest
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान



अ+ अ-

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूलाई अमूल्य मत दिएर उपाध्यक्ष पदमा विजयी गराउन पार्टीका महाधिवेशन प्रतिनिधिहरु समक्ष आग्रह गर्नु भएको छ ।

उहाँले सामाजिक संजाल मार्फत् प्रकाशन गर्नु भएको आह्वानमा पार्टीलाई निर्णायक शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरुलाई बलियो, शसक्त, अनुशासित र गतिशील संगठन मार्फत् जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भुमिका निर्वाह गर्नु पर्दछ भन्नु भएको छ ।

उहाँले अपिलमा भन्नुभएको छ,

प्रिय प्रतिनिधि कमरेडहरु,

हार्दिक अभिवादन !

हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आईपूगेका छौ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरु लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनता सँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भुमिका निर्वाह गर्नु पर्दछ ।

मैले उपाध्यक्ष पदमा उम्मेद्वारी मनोनयन गरेको यहाँहरुलाई अवगत नै छ । प्रिय प्रतिनिधि कमरेडहरुबाट अमुल्य मतको अपेक्षा गर्दछु ।

विष्णुप्रसाद पौडेल

उपाध्यक्ष पदको उम्मेद्वार