४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो, यो व्यक्तिगत कुरा होइन्’: नेम्वाङ

‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो, यो व्यक्तिगत कुरा होइन्’: नेम्वाङ
अ+ अ-

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताएका छन् । शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताएका हुन् । नेम्वाङपनि तीन सदस्य रहेको कार्यदलमा सदस्य रहेको समाचारमा आएको थियो । संविधान संशोधन जस्तो गम्भिर कुरालाई जिम्मेवारी पूर्वक अगाडी बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उनको भनाई छ ।

एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ । उनले भने, ‘‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो यसलाई जिम्मेवारी पूर्वक अगाडि लैजानु पर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ र यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधन तिर जाने होइन पहिला त संविधान कार्यान्वयन गर्नुपर्यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो त्यसपछि हामीले भन्न थाल्यौं अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ ।

किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिले सम्म ठानेनौं ।’ मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफुले गरेको बताए । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए । नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफुलाई औपचारिक जानकारी नभएको समेत बताएका छन् ।

कार्यदल बनेको विश्वास आफुलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनैपनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुरा चाँही आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो । आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो ।

बिहान ११ बजे खिमलाल देवकोटा जी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन भन्ने लाग्दैन् ।’’ नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले अगाडी बढ्नुपर्ने समेत बताएका छन् । देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझन्गरी यस्ता कुराहरु अगाडी बढाउनुपर्ने उनले बताए ।