४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परे: प्रधानमन्त्री

सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परे: प्रधानमन्त्री
अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको बताएका छन् । गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौं छलफल गर्न संसदमा त छन नी विरोधीहरु, विपक्षिहरु त्यहाँ छलफल गरे हुन्छ नी’, उनले भने ।

संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताए । उनले भने, ‘जनतामा भ्रम छर्न, सरकारलाई आलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन, बोकेका छन, उठाएका छन्, र सहयोग गरेका छन, कराएका छन, हिंडेका छन् ।’

देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभइ विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताउनुभएको छ ।

सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालिन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडी बढाइएको बताए । उनले पार्टी र देशको निर्माण भबितव्यले नबन्ने समेत बताएका छन् । निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाई छ ।