११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल, चालकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–१० गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ११ बजे ना१६प ९१३४ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भइ मनमैजु बस्ने ३० वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो । उपचारका लागि अस्पताल लैजाने क्रममा तामाङको बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार नुवाकोटकै शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय सुनिल थापाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट थप उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।