९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अग्नि खरेलले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उनी यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षबाट सचिव पदका दाबेदार थिए । तर ओली प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष ओलीको प्यानलबाट सचिव पदमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार बनेका छन् ।

खरेललाई ओलीका विश्वासपात्रका रूपमा लिने गरिन्थ्यो । यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए । साथै, उनी ओलीकै कार्यकालमा २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।