२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टी उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा समावेश आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीभित्र कामको मूल्यांकन हुनुपर्ने धारणा राख्दै आफू उपाध्यक्षमा उठ्ने तयारीमा रहेको उनले बताए ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै आचार्यले भने, “पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला ।”

आचार्य नवौँ महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए । उनी कोशी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत भइसकेका छन् । यद्यपि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।