१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ ।

पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

केही समयअघि ओलीले पनि उम्मदवारी दर्ता गराएका छन् ।