काठमाडौं । नेपाली बजारमा केहि दिनदेखी निरन्तर उकालो लागेको सुनको भाउ मंगलबार घटेको छ । मंगलवार तोलामा ३ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रति तोला ८० हजार भएको छ ।
त्यस्तै महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने मंगलबार ५ रूपैयाँले बढेको हो ।