४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

रवीन्द्रको योगदानलाई स्मरण गरिने

रवीन्द्रको योगदानलाई स्मरण गरिने
अ+ अ-

चिप्लेढुङ्गा । यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावशान भएको एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उहाँको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ ।

प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिनुभयो ।

यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गर्ने जानकारी दिनुभयो । सो अवसरमा पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीकोसमेत आयोजना गरिएको छ ।

रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहको बताउनुभयो । उहाँले भन्नुभयो, “यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ”, प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउने र उहाँले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताउनुभयो ।

रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो ।