१९ माघ २०८१, शनिबार
,
Latest
आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण



अ+ अ-

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताउनुभएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उहाँको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।

माडीका जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उहाँको अनशन भएको भन्दै उहाँले संसद् पूर्णरुपमा चलेपछि यस विषयमा काँग्रेसले संसद्मा उठान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।”

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बस्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न नेता खाँण यहाँ आउनुभएको हो । एक फरक प्रसङ्गमा उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।