२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।

ललतिपुरमा सोमवार आयोजित नेपाल फुड फोरम २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषिलाई राष्ट्रिय आर्थिक विकासको शक्तिशाली इन्जिन बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको हो ।

उहाँले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ८० औँ वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल फुड फोरम सफलतापूर्वक आयोजना गरेकोमाधन्यवाद दिनुभयो । सरकारले कृषि लगानी दशक (२०२४–२०३४) घोषणा गरेको स्मरण गराउँदै मन्त्री परियारले कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रूपान्तरणलाई तिब्रता दिने प्रतिवद्धता दोहो¥याउनु भयो । जलवायु जोखिम बढ्दै गएको सन्दर्भमा गत असोजमा भएको असामान्य वर्षाका कारण करिव ८६८ मिलियन रुपैयाँको आर्थिक नोक्सानी र १० हजार ८४० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको उदाहरण दिँदै उहाँले कृषि पुनरुत्थान र उत्थानशीलताका लागि सरकारी निकाय, संयुक्त राष्ट्रसंघ, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारहरूबीच समन्वयात्मक लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री परियारले भन्नुभयो, “नेपाल फुड फोरम २०२५ का छलफलहरूले कृषि–खाद्य प्रणालीलाई समावेशी, उत्थानशील र दिगो बनाउने साझा लक्ष्यका लागि विविध सरोकारवालाहरूको सामूहिक बुद्धि, प्रतिवद्धता र रचनात्मकता झल्काएको छ । महिला, दलित, युवा, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायको अधिकार, सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ।”

उहाँले ठूलो अलैँची, अदुवा, आलु, सुन्तला, चिया, कफी जस्ता उच्च मूल्यका बालीलाई जलवायु उत्थानशील र निर्यातमुखी बनाएर ग्रामीण जीविकोपार्जन सुदृढ गर्ने, युवालाई नवप्रवद्र्धन र उद्यमशीलतामार्फत हरित रोजगारी सिर्जना गर्ने तथा विज्ञान, डिजिटलाइजेशन र मेकानाइजेशनलाई कृषिको आधार बनाउने कुरामा फोरमले महत्वपूर्ण मार्गदर्शन गरेको बताउनु भयो । मन्त्री परियारले सबै सरोकारवालालाई फोरमबाट प्राप्त गति कायम राख्दै खाद्य सुरक्षित, पोषण संवेदनशील र जलवायु उत्थानशील नेपाल निर्माण गर्न हातेमालो गरेर अघि बढ्न आह्वान गर्नुभयो ।