४ असार २०८३, बिहीबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको बर्थडेले राजाको न्यास्रो मेटायो : थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताएका छन् ।

मंगलबार प्रतिनिधी सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ०६१ सालका सक्रिय राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’

प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको थापाले स्मरण गराएका थिए । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि थापाले टिप्पणी गरेका थिए ।

‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ । यो आिडयो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ । तर यसबारे संसदमा आँखा जुधाएर जवाफ दिने हिम्मत हुनुपर्छ,’ नेता थापाले भने ।

यस्तै उनले प्रधानमन्त्रीका गतिविधिबारे नागरिक र आफ्नै कार्यकर्ताले समेत कडा आलोचना गर्न थालेको बताएका थिए । उनले प्रश्न गरे, ‘तपाईँलाई थाहा छ, नागरिक के भन्दैछन् रु फोर जी र स्याटलाइटको ठेक्कामा पनि करोडौं भ्रष्टाचार भएको छ । सम्मानमीय प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो भन्दैछन् । थाहा छ रु’