काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने भएका छन्।
ओलीनिकट स्रोतका अनुसार उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बनाइएका छन्। महासचिवमा शंकर पोखरेल पुनः उम्मेदवार बनेका छन्।
उपमहासचिव पदमा रघुबीर महासेठ, भानुभक्त ढकाल र विष्णु रिमाल उम्मेदवार रहेका छन्। सचिव पदका लागि लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई उम्मेदवार तय गरिएको स्रोतले जनाएको छ।
oliteam










