२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा जीप दुर्घटना



अ+ अ-

अछाम । अछाममा जीप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये ढकारी गाउपालिका ३ का राम ब नेपाली र ६ का पार्वती सुर्जी को अवस्था गम्भीर रहेको छ । जिल्लाको ढकारीबाट मंगलसैन तर्फ आउँदै गरेको जीप कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालक सहित १३ जना घाईते भएका हुन् ।

घाईते हुनेमा ढकारी ३ पारु नेपाली सोहि ठाउका धनसरा नेपालि उजले नेपाली पहराम बुढा ढकारी ६ टीका सुर्जी साफेबगर मुकेश सुनार कमलबजार नगरपालिका ५ पार्वती गुरुङ ढकारी १ तपेन्द्र बुढा ढकारी १ का जिप चालक ललि नेपाली कैलाली बौनिया खकेन्द्र सुनार र पारश सुनार
रहेका छन ।

से १ ज ९१० नम्बरको जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो । दुर्घटनामा परी घाईते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाईतेको अहिले जिल्ला अस्पताल मंगलसैनमा उपचार भैरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ । तीब्र गति र बर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।