९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार



अ+ अ-

ढाका। भारत सरकारले बङ्गलादेशको अन्तरिम सरकारले हालै सार्वजनिक गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय चुनावका लागि आफ्नो समर्थन पुनः पुष्टि गरेको छ । दुई छिमेकी मुलुकबीच कूटनीतिक आदानप्रदान तीव्र भइरहेका बेला भारतको यो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘१४ डिसेम्बर २०२५ को प्रेस नोटमा बङ्गलादेशको अन्तरिम सरकारले गरेको दाबीलाई भारतले स्पष्ट रूपमा अस्वीकार गर्दछ’ भनिएको छ ।

उक्त प्रतिक्रिया बङ्गलादेशको विदेश मन्त्रालयले पूर्व प्रधानमन्त्री शेख हसिनाले विदेशबाट हिंसा भड्काएको आरोप लगाउँदै भारतीय उच्चायुक्तलाई बोलाएको केही समयपछि आएको हो ।

भारतले आफ्नो दीर्घकालीन अडान दोहोर्‍याउँदै बङ्गलादेशमा शान्तिपूर्ण वातावरणमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनाव हुनुपर्नेमा जोड दिएको छ । विदेश मन्त्रालयका अनुसार भारतले कहिल्यै पनि आफ्नो भूभाग बङ्गलादेशका मित्रवत जनताको हितविरुद्ध हुने गतिविधिका लागि प्रयोग गर्न अनुमति दिएको छैन ।

विज्ञप्तिमा भारतले बङ्गलादेशको अन्तरिम सरकारले आन्तरिक कानून व्यवस्था कायम राख्दै शान्तिपूर्ण चुनाव सम्पन्न गराउन आवश्यक सबै कदम चाल्ने अपेक्षा व्यक्त गरेको छ ।

यसअघि बङ्गलादेशले भारतमा रहेका शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलको सुपुर्दगीको माग गर्दै उहाँहरूले हिंसा भड्काएको र आगामी चुनावमा बाधा पु¥याउने प्रयास गरेको आरोप लगाएको थियो । ढाकाले भारतमा रहेका अवामी लिगका केही सदस्यले बङ्गलादेशविरुद्ध गतिविधि गरिरहेको दाबीसमेत गरेको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयका अनुसार ती गतिविधिहरूमा चुनावी प्रक्रियामा अवरोध पुर्‍याउन आतङ्कवादी कार्यहरूको योजना, सङ्गठन र सहयोगसमेत रहेको आरोप छ ।

साथै, बङ्गलादेशी राजनीतिक नेता सरिफ उस्मान हादीको हत्या प्रयासमा संलग्न संदिग्धहरू भारत भाग्न नपाउन् भनी सहयोग मागिएको छ ।

बङ्गलादेशका अनुसार भारतीय उच्चायुक्तले भारत बङ्गलादेशमा शान्तिपूर्ण चुनावका लागि प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको स्पष्ट पार्नुभएको छ ।(रासस/एएनआई)