१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षको दादागिरी रोक्नुपर्छ : रावल

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षको दादागिरी रोक्नुपर्छ : रावल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारती पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताउनुभयो ।

सरकारले सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडी बढाउन आग्रह गर्नुभयो । तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रशंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गर्नुभयो । नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उहाँले सोही अनुसार अगाडी बढ्न पनि सरकारलाई आग्रह गर्नुभयो । प्रवुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएको सन्र्दभमा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषयमा महत्पूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडी बढाउन आग्रह गर्नुभयो ।

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताउनुभयो । ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उहाँले यसतर्फसरकरको ध्यान जानु आवश्यक रहेको उहाँले बताउनुभयो । रावलले पार्टी र अख्तियार दुरपयोग अनुन्धान आयोगको काम कारवाहीको भने बचाउन गर्नुभएको छ । ललिता निवास प्रकरणमा नेकपा र अख्तियारले पूर्वाग्रह राखेको भन्ने आरोप लागिरहेका बेला रावलले यसको बचाउ गर्नुभएको हो ।