९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा फर्किन चाहे विधिवत् रूपमा निवेदन दिनुपर्ने स्पष्ट पारेका छन्।

भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको पार्टी सदस्यताको विषय उठाएपछि जवाफ दिँदै अध्यक्ष ओलीले राष्ट्रपति कार्यकालका सात वर्षको सदस्यता नजोडिने बताएका हुन्।

ओलीले विद्या भण्डारीले पार्टीप्रति घृणा वा असन्तुष्टिका कारण सदस्यता नछाडेको उल्लेख गर्दै संवैधानिक व्यवस्थाका कारण राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा पार्टी सदस्यता त्याग्नुपरेको बताए।

“भावनामा होइन, यथार्थमा चल्नुपर्छ। राष्ट्रपतिको सात वर्षको कार्यकालको सदस्यता दोहोरिँदैन,” ओलीले भने, “त्यो अवधिमा उहाँ राष्ट्रको नायक हुनुहुन्थ्यो । त्यसबीचको सदस्यता जोड्नु कानुनसँग खेलबाड हुन्छ ।”

उनले पार्टी सदस्य बन्न चाहे ‘म सदस्य हुन चाहन्छु’ भनेर निवेदन दिनुपर्ने दोहोर्‍याए।

अध्यक्ष ओलीले भण्डारी सेरेमोनियल पदमा बसेकाले विवाद र आलोचनाको चक्रव्यूहमा नफस्दा उपयुक्त हुने धारणा पनि व्यक्त गरे।

“सेरेमोनियल पद सम्मानित, निर्विवाद र राष्ट्रको अभिभावकको भूमिका हो । त्यस्तो भूमिकामा बसेको व्यक्तित्व फेरि विवादमा नफस्दा राम्रो हुन्छ,” उनले भने । “राजनीति गर्न कसैले रोकेको छैन,” ओलीले थपे, “गरिरहनुभएको छ त।”




भर्खरै