२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई सहभागी हुन भनिएको छ।

बैठकमा आगामी महाधिवेशनको कार्यतालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्तरबाट प्राप्त उम्मेदवार सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ।

पार्टीको आगामी राजनीतिक कार्यदिशा र निर्वाचन रणनीतिका सन्दर्भमा बैठकलाई महत्वपूर्ण मानिएको छ।