४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ट्रस्टको जग्गा: राजाकै पालामा ठूला लिज



अ+ अ-

काठमाडौं । नेपाल ट्रस्टको जग्गा २१ हजार ५ सय ६२ रोपनी रहेको सार्वजनीक भएको छ । ट्रस्टले सम्पति विवरण सार्वजनीक गर्दा लिजमा लगाइएका जग्गाको विवरण पनि सार्वजनीक गरिदिएको छ ।

पूर्वराजपरिवारको सदस्यका नाममा रहेका देशभरका जग्गाको संरक्षण गर्नका लागि ट्रस्ट स्थापना गरिएको थियो । सो ट्रस्टका अध्यक्ष रक्षमन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन् । लिजमा दिइएको ट्रस्टको सम्पतिलाई लिएर सार्वजनिक आलोचना चुलिएपछि श्वेतपत्रमार्फत जानकारी गराइएको पोखरेलले जानकारी दिए ।

ट्रस्टको नेपालभर कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आना, २ पैसा, १ दाम भएको पाइएको हो । ट्रस्टको सबैभन्दा बढी जग्गा धादिङ र काठमाडौंमा रहेको छ । धादिङमा कुल जग्गाको ७० प्रतिशत (१५ हजार १ सय १ रोपनी) जग्गा छ भने काठमाडौंमा २१ दशमलब ६१ प्रतिशत (४ जार ४ सय ४२ रोपनी) जग्गा छ । सौर्य दैनिक