२८ मंसिर २०८२, आईतवार
,
Latest
डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी सन्दीप लामिछानेले बीपीएल खेल्ने सन्तोष चालिसेविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश आगलागीमा परी वृद्धको मृत्यु कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने क्रममा रहेको छ ।

शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवार भृकुटीमण्डपमा शुरु हुन लागेको हो ।

बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् ।  केन्द्रिय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र  शुरु हुने तयारी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ । भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरू आइपुगेका छन् । कतिपय घाम ताप्दै गफ गरिरहेका छन् त कतिपय हलभित्र प्रवेश गरेर आसन ग्रहण गरिरहेका छन् । पार्टीका नेता–कार्यकर्ताबीच नेतृत्व चयन र समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल चलिरहेको देखिन्छ । सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् ।

बन्दसत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेण्डा रहनेछन् ।