१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा: भारत

अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा: भारत
अ अ+ अ-

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’ (आईपीएस) विश्व हितमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन्। उनले भारत र अमेरिकाबीचको सहयोग समान लोकतान्त्रिक मूल्य र उद्देश्यमा आधारित रहेको स्पष्ट पारे।

‘हामी दुवै मुलुक विश्वमा कनेक्टिभिटी र पूर्वाधार विकासमा दिगो तथा पारदर्शी वित्तीय लगानीका लागि सहमत छौं। हाम्रो आपसी तालमेल दुई मुलुकका लागि मात्र नभएर विश्वकै हितमा छ,’, मोदीले भने। चीनले सन् २०१३ मा ल्याएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) रणनीतिमा भारतको समर्थन नभएको अवस्थामा मोदीले अमेरिकालाई आईपीएसमा खुला साथ दिएका हुन्।

एसिया, युरोप, अफ्रिकालगायत ७० भन्दा बढी मुलुकमा बीआरआई रणनीतिअनुरूप आफ्नो शक्ति विस्तार गरिरहेको चीनलाई टक्कर दिन अमेरिकाले ल्याएको आईपीएसमा भारतको साथ स्वाभाविक देखिएको छ। चीनले बीआरआईलाई विश्वव्यापी हितमा बताइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पसँगै उभिएर आईपीएस विश्व हितमा रहेको बताएका छन्। दुई देशबीच आपसी सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा अघि बढाउने सहमति भएको छ। ठूला व्यापारिक सम्झौताका लागि वाणिज्यमन्त्रीस्तरीय वार्तामा भएका सहमतिलाई कानुनी रूप दिने सहमति भएको मोदीले बताए।

दिल्लीमा भड्किएको हिंसालाई ट्रम्पले भारतको आन्तरिक मामिला भनेका छन्। यस्तै उनले मोदीलाई धार्मिक स्वतन्त्रता पक्षधरको संज्ञा दिएका छन्। ट्रम्प र मोदीको निकटता, घनिष्ठता र एकअर्काको चासोले दक्षिण एसियामा चीनसँगको शक्ति सन्तुलनका लागि दुई मुलुकबीच रणनीतिक साझेदारी अघि बढेको देखिन्छ।

भ्रमणका क्रममा दुई देशबीच कुनै ठूलो व्यापारिक सम्झौता भएन। तर तीन अर्ब डलर बराबरको सैन्य हेलिकप्टर सम्झौताले आईपीएस सहकार्यको संकेत गर्छ। सहयोगलाई भारतको सैन्य शक्ति थप विस्तार गर्ने रणनीतिअनुरूप व्याख्या गरिएको छ। विश्लेषकहरूका अनुसार अब यस क्षेत्रमा आईपीएस नीतिको प्रभाव बढ्ने स्पष्ट छ। अन्नपुर्णपोष्ट दैनिक