२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणको पहिलो दिन मेसीले के–के गरे ?



अ+ अ-

काठमाडौँ । फुटबलका दिग्गज खेलाडी लियोनल लियोनल मेसी १४ वर्षपछि भारत आए।

उनी शनिबार कोलकाता पुगेका थिए। त्यहाँ ७० फिट अग्लो आफ्नै मूर्तिको उद्घाटन गरेपछि उनी हैदराबादतर्फ प्रस्थान गरे। तर, कोलकाताबाट छिट्टै निस्किएपछि आक्रोशित समर्थकहरूले स्टेडियममा हंगामा गर्न थाले।

मेसी शनिबार साँझ नै हैदराबाद पुगेका थिए। त्यहाँ उनले तेलंगानाका मुख्यमन्त्री रेवन्थ रेड्डी तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीसँग भेट गरे। यस क्रममा उनले बालबालिकासँग फुटबल पनि खेले।

उनको दैनिकी यसप्रकार रह्योः

राति २ः३० बजेः लियोनल मेसी, रोड्रिगो डे पल र लुईस सुआरेजसँगै कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट होटलतर्फ प्रस्थान गरे।

बिहान १०ः५० बजेः साल्ट लेक स्टेडियममा मेसीले आफ्नो ७० फिट अग्लो मूर्तिको भर्चुअल उद्घाटन गरे।

बिहान ११ः०५ बजेः मेसी बलिउड अभिनेता शाहरुख खान र उनका छोरा अबरारसँग भेट गरे।

बिहान ११ः३५ बजेः इन्डियन सुपर लिग (आईएसएल) टोली मोहन बगान सुपर जायन्ट्सका मालिक संजीव गोयन्कासँग भेट गरे।

बिहान ११ः४५ बजेः मेसी साल्ट लेक स्टेडियम पुगे र समर्थकहरूलाई अभिवादन गरे।

दिउँसो १२ः२५ बजेः समर्थकहरूलाई अटोग्राफ दिएपछि लियोनल मेसी स्टेडियमबाट बाहिरिए।

दिउँसो १२ः४० बजेः मेसी चाँडै निस्किएकोमा आक्रोशित समर्थकहरूले स्टेडियममा बोतल र कुर्सी फ्याँक्न थाले।

दिउँसो १२ः४५ बजेः दर्शकहरूको आक्रोशका कारण स्टेडियममा भागदौदजस्ता अवस्था सिर्जना भयो।

दिउँसो १२ः५० बजेः मेसी हैदराबाद जानका लागि कोलकाता स्टेडियमबाट हवाई यात्राका लागि प्रस्थान गरे।

दिउँसो १ः१५ बजेः आक्रोशित समर्थकहरू मैदानभित्र छिरेर हंगामा गर्न थाले।