२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै परम्परागत पञ्चेबाजा बजाउने चलन



अ+ अ-

भोजपुर । आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र संस्कृतिको पहिचान बोकेका पञ्चेबाजा बजाउने चलन हराउँदै गएको छ । पुस्तान्तरणको अभाव, बजाउने सीप भएकाको कमी र आधुनिक बाजाप्रतिको आकर्षण बढ्दा मौलिक परम्परा सङ्कटमा परेको स्थानीयको बुझाइ छ ।

स्थानीय नीरबहादुर परियारले बजारमा आधुनिक बाजाको सहज पहुँचसँगै विवाह, व्रतबन्ध तथा विभिन्न सांस्कृतिक समारोहमा बजाइने पञ्चेबाजाको प्रयोग घट्दै गएको बताउनुभयो । पञ्चेबाजामा नरसिंहा, दमाहा, सनाई, टेम्पुलो र झ्याम्टा गरी पाँच वाद्ययन्त्रको प्रयोग हुने गर्छ । हाल गाउँघरमा यस्ता वाद्य तथा बजाउने सीप भएका व्यक्तिहरू पाउनै कठिन भएको उहाँको भनाइ छ ।

परियारले भन्नुभयो,“पहिले हरेक कार्यक्रममा पञ्चेबाजाको धुन गुन्जिन्थ्यो, तर अचेल आधुनिक डिजे बाजाले ठाउँ ओगटेपछि परम्परागत बाजा बजाउने चलन हराउँदै गएको छ ।”

नेपालकै मौलिकता झल्काउने पञ्चेबाजा सीमित जाति समुदायमा मात्र केन्द्रित हुँदा यसले संरक्षणको जोखिम थपेको स्थानीय बद्रीप्रसाद अधिकारीले बताउनुभयो । पञ्चेबाजाको संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

“विगतमा विशेष जातिमा मात्र बाजा बजाउने सीप सीमित गरियो, यो सीपलाई अन्य समुदायमा पनि हस्तान्तरण गर्नसके बाजाको प्रयोग बढ्ने र लोप हुने अवस्था हट्ने थियो । अब यसको संरक्षणमा प्रदेश र स्थानीय सरकार दुवैले ध्यान दिन जरुरी छ”, आचार्यले भन्नुभयो । रासस