३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ



अ+ अ-

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन फैलिएसँगै अभूतपूर्व चाप अनुभव गरिरहेको छ ।

सघन उपचार कक्ष (आईसीयू) मा ७८% बेडहरू भरिभराउ रहेकाे स्वास्थ्य संस्थाहरूले बताएका छन् ।  जर्ज वाशिंगटन विश्वविद्यालयका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ। 

यो हप्ता अमेरिकामा संक्रमितकाे संख्याले रेकर्ड छाेएकाे छ । दैनिकरूपमा कोभिड-१९ बाट संक्रमितहरूकाे संख्या पाँच लाखभन्दा माथि पुगेकाे छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९ का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।