२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानीय पालिकाका प्रतिनिधिलाई तालिमको आयोजना गरेको छ ।

प्राधिकरणणले आजदेखि ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम-२०८१’ बमोजिम काठमाडौँमा सात दिने स्वयंसेवक तालिम सुरु गरेको हो ।

काठमाडौँको शङ्खरापुरमा आयोजित तालिम उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेश भट्टले विपद्का घटना हुँदा सबैभन्दा पहिले पुग्ने स्थानीयबासिन्दा तथा जनप्रतिनिधि भएकाले उहाँहरूलाई तालिम दिँदा प्रतिकार्य प्रभावकारी हुने धारणा राख्नुभयो ।

यस किसिमको तालिमले विपद् उद्धार प्रभावकारी हुने बताउँदै उहाँले आगामी दिनमा सबै स्थानीय पालिकामा तालिम दिने जानकारी दिनुभयो ।

भट्टका अनुसार तालिममा धनुषाको सहिदनगर नगरपालिका र सबैला नगरपालिकाका छ जना महिला र १८ जना पुरुषको सहभागिता छ ।

प्राधिकरण, सहिदनगर र सबैला नगरपालिकाको संयोजन र तत्पर परियोजनाअन्तर्गत प्लान नेपाल तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सहसंयोजन तथा जलवायु उत्थानशील इञ्जिनियरिङ्गको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।रासस




भर्खरै