काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको प्रतिष्पर्धा जारी छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङमा उत्रेको सुदूरपश्चिमले पावरप्लेमा तीन विकेट गुमाईसकेको छ ।
सुदूरपश्चिमले ६ ओभरमा तीन विकेट गुमाएर २० रन बनाएको छ । सुदूरपश्चिमका ओपनर विनोद भण्डारी रन नबनाई आउट हुँदा शेलडन ज्याकसन एक रन बनाएर आउट भए । यस्तै, आरीफ शेख ६ रन बनाएर आउट भए ।
अहिले क्रिजमा इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।










