२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली



अ+ अ-

काठमाडौ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताउनुभएको छ ।

शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गर्नुभयो ।

ध्यक्ष ओलीले भन्नुभयो,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा, जुलुश गर्न खुला वातावरण बनाउथ्यो । दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो । निर्वाचनको अनिवार्य सर्तमा रुपमा रहेको निर्भयताको वातावरण बनाउथ्यो । लुटिएका हतियार फिर्ता ल्याउथ्यो होला । जेलबाट भागेका कैदीबन्दीलाई फेरी फिर्ता ल्याउँथ्यो होला । तर अहिले के भईरहेको छ । सम्वादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न राजनीतिक दलविरुद्धका षडयन्त्र । प्रतिस्पर्धाको सट्ट धम्की, बहसको सट्टा मुद्दा, दलका नेतामाथि स्थान, हद, निषेध । यही हो चुनावको वातावरण बनाएको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दवाव र आतंक बढ्छ यस्ता कुराले ? जनताले चाहेको कुरा स्पष्ट छ–लोकतन्त्र होस, लोकतान्त्रिक प्रणाली होस् । लोकतन्त्रमा लोकतान्त्रिक विधिद्धारा शान्तिपूर्ण वातावरणमा निर्वाचन होस् । साँचो प्रतिष्पर्धा होस् । हाम्रो भनाई यही हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कसैले भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर अहिले चुनाव हुँदैछ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भईरहेको छ देशलाई अलमल्याउनका लागि ।’

अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गर्नुभयो ।