२७ मंसिर २०८२, शनिबार
,
Latest
प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरौँः अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली



अ+ अ-

काठमाडौ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताउनुभएको छ ।

शनिवार भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा पार्टीको एघारौ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गर्नुभयो ।

ध्यक्ष ओलीले भन्नुभयो,‘हाम्रो स्पष्ट माग छ–प्रतिनिधिसभा तुरुन्त पुनस्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस । सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ । चुनावको मिति तोकिएको छ । तर के तयारी केही भईरहेको छ ? देखिँदैन । चुनाव चाहने सरकारले गथ्र्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता हुन्थ्यो । सभा, जुलुश गर्न खुला वातावरण बनाउथ्यो । दललाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्दथ्यो । निर्वाचनको अनिवार्य सर्तमा रुपमा रहेको निर्भयताको वातावरण बनाउथ्यो । लुटिएका हतियार फिर्ता ल्याउथ्यो होला । जेलबाट भागेका कैदीबन्दीलाई फेरी फिर्ता ल्याउँथ्यो होला । तर अहिले के भईरहेको छ । सम्वादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न राजनीतिक दलविरुद्धका षडयन्त्र । प्रतिस्पर्धाको सट्ट धम्की, बहसको सट्टा मुद्दा, दलका नेतामाथि स्थान, हद, निषेध । यही हो चुनावको वातावरण बनाएको ? मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दवाव र आतंक बढ्छ यस्ता कुराले ? जनताले चाहेको कुरा स्पष्ट छ–लोकतन्त्र होस, लोकतान्त्रिक प्रणाली होस् । लोकतन्त्रमा लोकतान्त्रिक विधिद्धारा शान्तिपूर्ण वातावरणमा निर्वाचन होस् । साँचो प्रतिष्पर्धा होस् । हाम्रो भनाई यही हो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कसैले भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर अहिले चुनाव हुँदैछ र ? होइन, चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भईरहेको छ देशलाई अलमल्याउनका लागि ।’

अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने दिशामा कुनै काम नगरेको जिकिर समेत गर्नुभयो ।