४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिन पनि टिक्न सकेन नेकपाले बनाएको कार्यदल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संविधान संशोधनका लागि बनाएको कार्यदल चार दिन पनि टिक्न नपाइ खारेज भएको छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनका लागि नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् ।

नेता नेपालको कोटेश्वरस्थित घरमा कार्यदलको अनौपचारिक बैठक एकपटक मात्रै बसेको थियो। उक्त बैठकमा नेम्वाङ र देवकोटाले संविधान संशोधन गर्ने गरी बनाइएको कार्यदलमा आफूहरू नबस्ने बताएपछि कार्यदल भंग गराएका हुन् ।

बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दै संविधान संशोधनका लागि बनाएको कार्यदल निष्क्रिय बनाएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल क्रियाशील नहुने जानकारी दिए।