४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर : मन्त्री बस्नेत

सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर : मन्त्री बस्नेत
अ+ अ-

काठमाडौं । बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर रहेकाले थप प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रम अन्र्तगत सांसदहरुको जिज्ञासा उहाँले चुरे दोहनको समस्या सम्बोधन गर्दे चुरे क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न सरकार लागिरहेको र थप मेहनतका साथ अघि बढ्ने स्पष्ट पार्नुभएको हो । सांसदहरुले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबनेको, अव्यवस्थित क्रसर उद्योगका कारण बालुवा र गिटी उत्खनन् गर्ने काम बढ्दै जादा समस्या देखिएको भन्दै चुरे दोहन र बन फडाँनी रोक्ने सम्बन्धमा सरकारको दीर्घकालिन योजना के कस्तो छ भनी प्रश्न गरेका थिए ।

मन्त्री बस्नेतले तराई मधेसमा चुरेको कारणले उत्पन्न हुने समस्या र जलवायु परिवर्तनका प्रभावका कारण बढ्दै गएको जोखिमले निम्त्याएको समस्या एकसाथ देखिएकाले नदी प्रणालीहरु परिर्वतन भएर त्यसबाट विभिन्न प्रकारका जोखिम निम्तने गरेकाले जलवायु परिर्वतनका कारण उत्पन्न समस्या समाधान गर्ने तर्फ पनि केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले ग्रिन क्लाईमेट फण्ड अन्र्तगत चुरे संरक्षणका लागि चुरे क्षेत्रमा कार्यक्रम गर्ने ४८ मिलियन अमेरिकी डलरको कार्यक्रम थप संचालन गर्न लागिएको जानकारी दिनुभयो । जलवायु परिर्वतन कोषबाट प्राप्त गरेको रकमलाई सरकारले चुरे क्षेत्र संरक्षणका लागि खर्च गर्न लागेको पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी गण्डकी क्षेत्रको जलाधार व्यवस्थापन आयोजनालाई पनि अन्तिम रुप दिने तयारीमा सरकार लागेको उहाँले बताउनुभयो । ४० मिलियन डलरको यो आयोजनाले गण्डकी क्षेत्रको जलाधार व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । यी दुवै आयोजना सरकारको पुर्वनिर्धारित कार्यक्रम र बजेटमा उल्लेख भए भन्दा बाहेक भएको भन्दै उहाँले यी आयोजना संञ्चमालन भएपछि जलवायु परिर्वतनका कारण देखिने समस्या केही हद सम्म समाधान हुने अपेक्षा सरकारले लिएको बताउनुभयो ।

उहाँले चुरे क्षेत्रका अत्यन्तै संवेदनशील क्षेत्रको बसोबासको पहिचान गरि सोको स्थानान्तरण गर्ने सम्बन्धमा पनि सरकारले आवश्यक तयारी गरिरहेको र ती स्थानलाई प्राथमिकतामा राखेको बताउनुभयो । चुरे संरक्षणका लागि सरकारले पानीको स्रोतको अवस्था, नदीजन्य पदार्थको उत्पादन कति मात्रामा गर्न सकिन्छ र कति भएको छ भन्ने पनि अनुसन्धान गरिरहेकाले प्राप्त रिपोर्टका आधारमा सरकार अघि बढ्ने बताउनुभयो ।

मन्त्री बस्नेतले २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी सरकारले चुरे संरक्षणलाई महत्व दिदै आएको भन्दै चुरे संरक्षणमा भएका काम र विनियोजित बजेटको फेयरिस्त प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चुरे व्यवस्थापनका लागि तत्काल २ खर्ब बजेट छुट्याउनुपर्ने र त्यो अवस्थामा सरकार नरहेको बताउनुभयो । राष्ट्रपति चुरे संरक्षण गुरु योजनाको अपेक्षा र अनुमान अनुसारको आवश्यकतालाई परिपूर्ति गर्ने क्षमता सरकारसंग नभएको बताउनुभयो । १ सय ६४ वटा नदी प्रणालीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता गुरुयोजनामा गरिएको भएपनि हाल बजेट अभावमा २९ वटा नदी प्रणाली मात्रै व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । चुरे क्षेत्र संरक्षणका लागि विनियोजित रकमको ८५ प्रतिशत बजट स्थानीय तहमा पठाएको भन्दै उहाँले वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । बाग्मति नदीको व्यवस्थापनका सम्बन्धमा जलप्रदुषण कम गर्ने लगायतलाई प्राथमिकतामा राखेर बार्षिक कार्यक्रममा समावेश गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सांसद डिला संग्रौला पन्तले चुरे दोहन र बन फडाँनी सरकारको दीर्घकालिन योजना के छ भनी प्रश्न गर्नुभएको थियो । त्यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको प्रभावकारीता नदेखिएको भन्दै कहिले देखि प्रभावकारी हुन्छ भनी प्रश्न गर्नुभएको थियो ।

सांसद सरिता गिरीले निजगढ एयरपोर्ट बनाउनका लागि स्वीजरल्याण्डको जुरिच कम्पनी र सरकारको बीचमा यति समुहले एजेण्टको काम गरिरहेको भन्दै यसबारे मन्त्रालयलाई जानकारी भएनभएको बारे जिज्ञासा राख्नुभएको थियो । यसबारे मन्त्रीले जवाफमा केही उल्लेख गर्नुभएन ।