१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट राईको उम्मेदवारी घोषणा



pDd]bjf/L 3f]if0ff ub}{ ld/]z /fO{ vf]6fª, @^ dlª;/ M /fli6«o kl/jt{g kf6L{ vf]6fªn] z’qmaf/ lbQm]ndf cfof]hgf u/]sf] ;efdf cfufdL kmfu’g–@! ut x’g] k|ltlglw;ef lgjf{rgsf nflu pDd]bjf/L 3f]if0ff ug’x’Fb} @% jifL{o o’js ld/]z /fO{ . t:jL/ M s]bf/ du/÷/f;;
अ+ अ-

खोटाङ। राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी परेको छ ।

पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक राईले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार राई जेनजी आन्दोलनमा सहभागी युवक हुनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा राई कम उमेरका रहेका राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ ।

युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको राईले बताउनुभयो । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टीले सात बुँदे चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।

चुनावी घोषणापत्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमान्दार राजनीति, ‘अबको देश विकासमा नेपालका युवा नेपालमै’, जनताप्रति पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा तथा नेपाली भेष, न्याय, शिक्षा र स्वास्थ्यको देशलगायत बुँदा समेटिएका छन् । उम्मेदवारी घोषणासभामा सहभागी हुनुअघि दिक्तेल बजारमा चुनाव चिह्न ‘बाँसुरी’ सहितको ¥याली प्रदर्शन गरिएको थियो ।

उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो ।

समितिको उपाध्यक्षहरूमा दौमन्ता राई, पवन चौलागाईं र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गङ्गा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहनुभएको पार्टीले जनाएको छ । रासस