२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे



फाइल फोटो
अ+ अ-

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताउनुभएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको आज आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उहाँले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत् क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पु¥याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

उहाँले सङ्घ सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिनुभयोे ।

“अब आयोजना क्षेत्रका स्थानीय सरकारका प्रतिनिधिलाई पनि राखेर दुवै प्रदेश सरकारको बैठक करिडोर क्षेत्रमा गर्ने गरी छलफल भइरहेको छ, आयोजना निर्माण जसरी भए पनि छिटो सम्पन्न गर्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

आयोजना निर्माणको अन्योलता हटाउन पटकपटक पहल गर्दै आएको बताउँदै उहाँले त्यसलाई मूर्तरुप दिन नसकिएको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेरमात्र देश नबन्ने उल्लेख गर्नुभयो ।

“अहिले सबैले ठगेर खाइरहेका छन्, सबैले लुटेर खाइरहेका छन्, सबैले भ्रष्टाचार गरेर खाइरहेका छन् भनेर भाष्य निर्माण गर्ने कोसिस भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अहिले वास्ताविकता बुझ्ने प्रयास कसैले गरेका छैनन्, नकारात्मक सोच र भावनाले मात्र देश बन्दैन ।” सबैको सामूहिक प्रयासले समृद्ध नेपाल निर्माण गर्न सकिने उहाँको भनाइ छ ।रासस