२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताउनु भयो । साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभुतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाईहरु मिसिएको हुनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘साहित्यलाई गन्तव्यहिन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाई यी सबै कुराहरु मिसिएको हुनुपर्दछ । यस्तो साहित्य जस्ले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशक गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरकहरु साहित्यकारहरु, रचनाकारहरु, गीतकारहरु छन । गजलकारहरु छन् ।’

अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वराभूमि रहेको दाबी समेत गर्नुभयो ।