४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत

पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत
अ+ अ-

गण्डकी । कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन् ।

भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह घरधनी विनोद ढकालको परिवारका लागि भने विगत सात वर्षदेखि निरन्तर आम्दानीको स्रोत बन्दै आएको छ । स्थानीयका लागि यो दृष्य सामान्य लागे पनि गाउँभन्दा बाहिरका जोकोहीलाई भने खरको छानामुनि मौरीपालन सम्भव छ भन्ने अचम्मको विषय बनेको छ ।

“विसं २०७२ को विनाशकारी भूकम्पले केही क्षति गरे पनि खरले छाएको घुमाउने घरभित्र नित्य पूजा गर्ने र चोखो जल चढाउने खोप्पामा अहिले मौरीले भरिएको छ”, ढकालले भन्नुभयो, “गत वर्ष उक्त खोप्पाबाट १४ किलो मह उत्पादन भई बिक्रीबाट रु २० हजार आम्दानी भएको थियो ।”

ढुङ्गाको छप्पनीमा बाहिरबाट सानो प्वाल पारेर राखेको चोखो खोप्पामा सात वर्षअघि जङ्गलमा रहेको काठको धोद्रो मुढामा रहेका मौरी छोपेर ल्याई राखेर भित्रबाट काठको ढक्कन बनाएर व्यवस्थित गरेको मौरी पछिल्लो समय सो परिवारको राम्रो आयआर्जनको स्रोत बनेको छ ।

रोजगारीका लागि सहर झर्नु र विदेशिनुभन्दा गाउँघरमा नै बसेर व्यावसायिक मौरीपालन गर्दै आउनुभएका ढकालको सो खरको छानो भएको घुमाउने घरमा खोप्पासहित मुढे र आधुनिक गरी १० तथा घरको वरिपरि कूल ५० वटा मौरीका घार रहेका छन् । खोप्पा र मुढे घारमा उत्पादित महको बजारमा उच्च माग रहेको छ ।

ढकालले भन्नुभयो, “मौरीका लागि राम्रो मौसम भएमा एउटा घारबाट १० देखि १५ किलो मह उत्पादन हुन्छ, बजारमा प्रतिकिलोग्राम महको रु एक हजार ५०० मा बिक्री गर्दै आएको छु, वार्षिक मह र मौरीको पोलासहितको घार बिक्रीबाट रु सातदेखि आठ लाखसम्म आम्दानी हुने गरेको छ ।” यसवर्ष भने असोज र कात्तिकमा परेको पानीका कारण मह उत्पादनमा कमी आएको उहाँले राससलाई बताउनुभयो ।

मौरीसहितको घारको पनि माग अत्यधिक रहेको छ । प्रतिघारको रु १५ हजारमा नाम्लोले बोकेर सम्बन्धित ठाउँमा पु¥याउँदै आएको उहाँको भनाइ छ । जङ्गलका धोद्रा रुखमा रहेका मौरीलाई छोपेर आधुनिक घारमा राख्ने गरेको बताउँदै ढकालले भन्नुभयो, “वार्षिक १० देखि १५ घार मौरी जङ्गलबाट ल्याउने गरेको छु ।”

समुद्री सतहबाट लगभग १५ मिटरको उचाइमा रहेको तोगी गाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रदान गरेको मौरीपालन तालिम र घार प्राप्त गरेपछि व्यावसायिकता पाएको तोगी पछिल्लो समय मौरी गाउँको रुपले परिचित भएको छ ।

तोगीका प्रत्येक घरमा धेरै थोरै मौरीका घार रहेका छन् । मह र पोलासहितको घार बिक्रीबाट प्रत्येक वर्ष रु डेढ करोड बजारको नगद गाउँमा भित्रिने गरेको वडाध्यक्ष चलचित्र गुरुङले जानकारी दिनुभयो ।

मादी गाउँपालिकालाई महको पकेट क्षेत्रका रुपमा विकास गर्ने उदेश्यका साथ पालिकाको आर्थिक सहयोग तोगीको पोलासहितको घार अन्य वडामा अनुदानमा विभिन्न वडाका बासिन्दालाई वितरण गरी विस्तार गर्दै आएको उहाँको भनाइ छ  ।

अध्यक्ष गुरुङले भन्नुभयो, “लोपोन्मुख ढकाललको परम्परागत घुमाउने घरको संरक्षण गर्ने  पालिकाले सोच बनाएको छ, यसको संरक्षणले भविष्यमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।” रासस