२६ मंसिर २०८२, शुक्रबार
,
Latest
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत विकास बजेट खर्च गर्न चुक्यो अन्तरिम सरकार काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा ‘अण्डा’को लागत मूल्य बढ्यो मानव—वन्यजन्तु द्वन्द्व र वन डढेको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु चार मन्त्री थपिदै,नवनियुक्त मन्त्रीहरूको शपथ आजै दाउन्नेमा काम तिब्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर) सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु



अ+ अ-

चन्द्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।

बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।

दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते हुनुभएको छ उहाँहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिनुभयो ।