६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पत्रकारिता पुरस्कार बाट चार सञ्चारकर्मीहरु सम्मानित



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार बाट चार सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । मन्त्रालयले आइतवार राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका बिच युवाको क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीहरुलाई नगद पचास हजार रुपैँया पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मानित हुनुहुने सञ्चारकर्मीहरुमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, सुदूरआज डटकमका पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमका सिताराम ओझा र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सम्मानित सञ्चारकर्मीहरुलाई पुरस्कार राशिको चेक र सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सम्मानित व्यक्तित्वहरुको समाज र देशप्रतिको दायित्व बढेको बताउनुभयो । राज्यले गरेको सम्मानलाई बचाइराख्ने चुनौती थपिएको भन्दै उहाँले आगामी दिनमा थप युवाहरुको पक्षमा उदाहरणीय काम सञ्चारकर्मीहरुबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारकर्मी केशवबहादुर भुलले मन्त्रालयले दिएको सम्मानबाट आफुहरुलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले युवाहरुको क्षेत्रमा अझै धेरै लेख्नका लागि चुनौती थपिएको पनि बताउनुभयो । मन्त्रालयलाई सम्मानका लागि सही व्यक्ति छानेको आभाष दिलाउने गरी आगामी दिनमा पनि युवाहरुको क्षेत्रमा लेख्ने उहाँले बताउनुभयो ।

त्यसैगरी मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जना युवाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हिमकुमारी उपाध्याय, धिर्जबहादुर उपरकोटी, मंगल बहादुर विष्ट, सन्तोष बोटे, कुशलचन्द्र अधिकारी र कुसुम केसी रहनुभएको छ । त्यस्तै, सुमित्रा घिमिरे, राजन गौतम, राज कुमारी पौडेल, राजाराम गुरुङ, अशोक शर्मा भट्ट र खिमप्रसाद पन्थी सम्मानित हुनुभएको छ ।