६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा काम तिब्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएको छ ।

विस्तारका कारण सवारी आवागमनमा असुविधा भएपनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर शुरु भएको थियो ।

मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित छ । तर विभिन्न प्राविधिक र मौसमी अवरोधका कारण काममा ढिलाइ हुँदा हालसम्म चार पटक म्याद थप गरिएको छ ।

तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म म्याद बढाइएको हो । कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन निर्माण हुनेछ । पूर्वी खण्ड (गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर) मा ३३ वटा पुल निर्माण सकिएको छ । दाउन्ने क्षेत्र पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ । यहाँको साँघुरो सडक र पहाडी भूगोलका कारण विस्तारमा ढिलाइ भएको थियो ।

 

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल