२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत १ गते होटल सोल्टीमा



अ+ अ-

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते हुने भएको छ । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।

‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार ग्रान्ड फिनाले होटल सोल्टीमा हुने करिब निश्चित भएको छ । “हल क्षमता ठूलो भएकाले हाम्रो पहिलो रोजाई आर्मी अफिसर्स क्लब हो । तर यो क्लक निजी संस्था तथा कार्यक्रमलाई नदिने नियम बनाइएको रहेछ । तर पनि हामीले आग्रह गरेका छौं,” निर्देशक भण्डारीले भने, “आजसम्म आर्मी अफिसर्स क्लबको निर्णय कुर्छौं, हुँदैन भनियो भने होटल सोल्टीमै गर्छौं ।”

ग्रान्ड फिनालेमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित रहनेछ । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।