२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षाको कारण इँटामा रु १५ करोडको क्षति



अ+ अ-

चितवन । तीन दिनदेखि परेको वर्षाको कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाको कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उनले जानकारी दिए ।

अहिलेको वर्षाको कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।