२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’



अ+ अ-

गोरखा। बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी गोरखाले आज सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उहाँले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

‘‘संविधान अहिले लिकबाट बाहिर पुगेको अवस्था छ, तर चुनाव सम्पन्न भएपछि संविधान पूर्णरुपमा लिकमा फर्किने छ,” उहाँले भन्नुभयो, “संसद् पुनःस्थापनाले देशलार्ई फेरि अर्को द्वन्द्वमा धकेल्ने सम्भावना रहेकाले निर्वाचनमार्फत नै संविधानलाई सही ट्रयाकमा हिँडाउन आवश्यक छ ।’’

उहाँले अहिलेको जटिल राजनीतिक परिस्थितिमा बृहत कम्युनिष्ट एकता अपरिहार्य भएको बताउनुभयो ।

पार्टी एकताका क्रममा आएका विभिन्न आरोपप्रति प्रतिक्रिया जनाउँदै एमाले फुटाएर माओवादीसँग एकता गर्न खोजिएको वा माओवादीले विचार छाडेको जस्ता टिकाटिप्पणीहरु निराधार रहेको बताउँदै उहाँले पार्टी एकताको मूल आधार माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा आधारित नेपाली मौलिकताको समाजवाद भएको उल्लेख गर्नुभयो । रासस