२५ मंसिर २०८२, बिहीबार
,
Latest
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस ‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’ भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ



अ+ अ-

सुदूरपश्चिम। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो ।

कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अङ्कित सक्सेनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ । जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नका लागि दिइएको जाहेरीका आधारमा प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

आन्दोलनको क्रममा जिल्ला अदालत आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत जिन्सी सामानमा क्षति पुगेको थियो । कैलाली कारागारमा भएको तोडफोडका क्रममा कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यहाँ रहेका कैदीबन्दी फरार भएका थिए ।

कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रुखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ । रासस