काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको क्वालिफायर-२ मा लुम्बिनी लायन्सविरुद्ध टस जितेर विराटनगर किङ्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।









