१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

यस वर्ष पाँच लाख १० हजार विद्यार्थीले एसइई परिक्षा दिँदै

यस वर्ष पाँच लाख १० हजार विद्यार्थीले एसइई परिक्षा दिँदै
अ अ+ अ-

६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् ।

जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने पनिका कर्मचारीले बताए । गत वर्ष १० चैतबाट सुरु एसइईमा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिकतर्फ २४ हजार आठ सय १४ विद्यार्थी सहभागी थिए । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने भएपछि गत वर्षभन्दा यसपालि आंशिकतर्फ विद्यार्थी कम भएको हो । एसइईका लागि हाल सुरक्षा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ भइरहेको छ ।

शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो । तर, प्रदेशअनुसार प्रश्नपत्र भने छुट्टाछुट्टै छापिएका छन् । गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो । यस वर्ष एसइईका परीक्षा केन्द्र भने बढाइएको छ । देशभर एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष एक हजार नौ सय ६९ केन्द्र थिए । तर, केन्द्रको संख्या भने सार्वजनिक गरेको छैन । नयाँ पत्रिका दैनिक