१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

एआईजीमा तीन जना सिफारिस

एआईजीमा तीन जना सिफारिस
अ अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त रहेका तीन अतिरीक्त महानिरीक्षक (एआईजी) बरीयता अनुसार नै बढुवा बढुवाको सिफारिस गरेको छ । मन्त्रालयअन्र्गगतको बढुवा समितिले एआईजीमा बरीयता अनुसार माथिल्लो रोलक्रममा रहेका प्रहरी नायब महानिरिक्षक (डिआईनी) को नाम सिफारिस गरेको हो । डिआईजीहरु तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको आजको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अंक प्राप्त गरेका छन् । हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा दरबन्दी पालले ६७ दशमलव ५५ अंक प्राप्त गरेका थिए । लम्साल भने हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँगै अवकास पाउने भएकाले अबको प्रहरी महानिरीक्षक (आईजीमा) थापा र पालमध्य एक जना हुनेछन् । उनीहरु २०४९ सालको एउटै ब्याची हुन् ।

अंकका आधारमा थापा एकतहमाथि रहनेभएकले उनका लागि बाटो खुला भएको छ । एआईजीको लाइनमा डीआइजीहरु नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल पनि थिए । प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, बढुवा समितिको अंक, शैक्षिक योग्यता, तालीम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ । प्रहरी नियमावली २०७१ मा एआईजी, डीआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।

एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुने तथा डीआईजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ । एआईजी मन्त्रिपरिषद्को र डीआइजी मन्त्रिस्तरीय निर्णयबाट बढुवा हुनेछन् । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेर हदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको हो ।

उक्त समयमा तीन एआईजी र १८ डीआइजीको पद खाली भएको थियो । त्यसपछि डीआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् । उनको सेवाअवधि आगामी असार २५ सम्म छ । नेपाल प्रहरीमा उच्चदेखि तल्लो तहसम्म १४ प्रतिशत दरबन्दी खाली छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा मात्रै २२ खाली भएको छ । तल्लोदेखि उच्च पदसम्म दरबन्दी खाली हुँदा कतिपय निर्णय प्रक्रिया र अमनचयन गर्ने कार्यमा असर पुगेको बताइएको छ । सौर्य दैनिक