१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

कागजमै सीमित भएको स्वास्थ्यमन्त्रीको कार्ययोजना

कागजमै सीमित भएको स्वास्थ्यमन्त्रीको कार्ययोजना
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिएको सय दिन पूरा भए पनि भानुभक्त ढकालले तय गरेका कार्ययोजना कागजमै सीमित भएका छन् । उनी ४ मंसिरमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । स्वास्थमन्त्री भएपछि उनले भनेका थिए, ‘स्वास्थ्य सेवा सुदृढ गर्न तल्लीन रहनेछु । कसैसँग सम्झौता गर्दिनँ ।’ स्वास्थ्य क्षेत्रमा अहिले पनि समस्यै समस्या छ, उनले गरेका प्रतिबद्धता ज्युँका त्युँ छन् । मन्त्रीमा नियुक्ति भएपछि उनले केन्द्रीय अस्पतालसहित भन्डै एक दर्जन अस्पतालको अनुगमन गरे ।

अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्न भने उनले सार्थक पहल गर्न सकेका छैनन् । उनले वाचा पनि गरे, ‘पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुनुपर्दैन ।’ उनको वाचा पूर्ण भएको छैन । नागरिक महँगो शुल्कमा स्वास्थ्य सेवा लिन विवश छन् । ग्रामीण क्षेत्रमा नजिकै स्वास्थ्य संस्था नहुँदा बिरामी रोग पालेर बस्नुपर्ने अवस्था अन्त्य भएको छैन । गत १७ पुसमा मन्त्री ढकालले निजी अस्पताल तथा क्लिनिकले सरकारी सेवामा कार्यरत चिकित्सको सरकारी अस्पतालको नाम र पद उल्लेख नगर्न परिवर्त गरे । सो परिपत्रलाई कसैले चासो दिएका छैनन् । ‘एक अस्पताल एक चिकित्सक’ नारामा मात्र सीमित हुन पुगेको छ । त्यसका लागि उनले कुनै कदम चालिएको पाइँदैन ।

पर्याप्त चिकित्सक गाउँमा नपुग्दा बिरामी नजिकको सदरमुकाम वा राजधानी धाउन विवश छन् ।सरकारी अस्पतालमा भएका उपकरण थन्किएका छन् । जनस्वास्थ्य ऐन आएको एक वर्ष बितिसकेको छ । तर, अझै नियमावली आउन सकेको छैन । बाजुराको जगन्नाथ गाउँपालिका अहेबको भरमा चलेको छ । समयमा औषधिसमेत नपुग्दा बिरामी मर्कामा पर्ने गरेका छन् । जगन्नाथ गाउँपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद जोशीले भने, गाउँपालिकामा चिकित्सक हुँदैनन् । औषधि पनि समयमा आइपुग्दैन ।’

बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले पनि पालिकामा चिकित्सक नभएको बताए । सबै तहका स्वास्थ्य संस्थामा निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा उल्लेख छ । तर, सो नीतिअनुरूप आमनागरिकले सहज तरिकाले निःशुल्क सेवा पाउन सकेका छैनन् ।

माध्यमिक तहसम्म प्रत्येक विद्यालयमा कम्तीमा एक जना स्वास्थ्य जनशक्तिको व्यवस्था गर्ने स्वास्थ्य नीतिमा भनिए पनि प्रभावकारी तरिकाले कार्यान्वयनमा आउन सकेको छैन । यस्तै, स्वास्थ्य बिमा कार्यक्रम पनि प्रभावकारी बन्न सकेको छैन । बिमितको संख्या बढे पनि नवीकरण हुनेको संख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन । राजधानी दैनिक