८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

४१ अर्बको खर्चबारे सम्बन्धित निकाय नै बेखबर, पूर्वाधार विकासमा कर वृद्धि



अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । पछि, सो शीर्षक परिर्वतन गरेर आर्थिक वर्ष २०७४/७५ बाट पूर्वाधार विकास कर लिन थालिएको थियो । अहिलेसम्म ४१ अर्ब रुपैयाँ बढी रकम जम्मा भइसकेको छ ।तर सो रकमको कुनै लेखाजोखा हुन नसकेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफै बनाउने घोषण गरेपछि सोको लागनी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर ५ रुपैयाँ भन्सार कर उठाउन थालिएको हो । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना आफैं निर्माण गर्ने घोषणा गरेको थियो ।सरकारको उक्त घोषणपछि नेपाल आयल निमगले पेट्रोलियम पदार्थबाट उठाएको प्रतिलिटर ५ रुपैयाँ भन्सार कर संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाउँदै आएको छ । आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि चालू आर्थिक वर्ष २०७६/७७ को माघ १५ सम्ममा पेट्रोलियम पदार्थबाट ४० अर्ब ९२ करोड २० लाख ९ हजार २ सय ३७ रुपैयाँ भन्सार कर संकलन गरेको जनाएको छ ।

निगमका अनुसार आव २०७/७३ देखि २०७३/७४ सम्म बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा र आर्थिक वर्ष २०७४/७५ बाट पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार बिन्दुमै उपभोक्ताबाट प्रतिलिटर पाँच रुपैयाँ उठाउँदै आएको छ । आयल निगमको तथ्यांकअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा १० अर्ब ५९ करोड १२ लाख ४० हजार ३१५ रुपैयाँ संकलन भएको छ भने पूर्वाधार विकास करका नाममा ३० अर्ब ३३ करोड ७ लाख ६८ हजार ९ सय २२ रुपैयाँ संकलन भएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा संकलन भएको १० अर्ब ५९ करोड १२ लाख ४० हजार ३१५ रुपैयाँ केमा खर्च भयो, यसबारे थाहा नभएको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रमुख दिलिपकुमार सडौलाले बताए । आयोजना प्रमुख सडौलाले भने, ‘आयोजना निर्माणका लागि अर्थ मन्त्रालयले वार्षिक बजेट विनियोजन गर्छ ।’ विनियोजित बजेटबाटै हामीले आयोजना निर्माणका लागि खर्च गर्ने हो । पेट्रोलियम पदार्थबाट आयोजनाको नाममा उठाएको पैसा खर्च भएको थाहा नहुने सडौलाको भनाइ छ । आयोजना निर्माणका लागि अर्थ मन्त्रालयले विनियोजन गरेको बजेट नै खर्च गर्न नसक्ने हुँदा सो संकलित रकमको खोजी नै नगरेको उनको भनाइ छ ।

आयोजना प्रमुख सडौलाले बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि हालसम्म डुवान क्षेत्रको मुआब्जा दिने कामबाहेक अन्य काम अघि बढ्न नसकेको बताए । यस्तै, पूर्वाधार विकासका लागि विगत तीन वर्षदेखि उपभोक्ताबाट उठाउँदै आएको रकम पनि के र कुन शीर्षकमा भएको खर्चबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जानकार छैन । मन्त्रालका एक अधिकृतले भने, ‘अर्थ मन्त्रालयले सडक मर्मतका लागि बजेट विनियोजन गरेको हुन्छ, त्यहीअनुसार खर्च गर्ने हो ।’ चालू आवमा सडक मर्मतका लागि अर्थ मन्त्रालयले ८ अर्ब रुपैयाँ बजेट दिएको छ । त्यो नै खर्च भइरहेको छ ।

पूर्वाधार विकास करमा वृद्धि

सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को १२ फागुनमा बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाई इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । सरकारले पूर्वाधार विकास कर बढाए पनि तत्काल मूल्य नबढाइने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार प्रतिलिटर ५ रुपैयाँका दरले कर लिँदा मासिक डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान छ । राजधानी दैनिक