४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

४१ अर्बको खर्चबारे सम्बन्धित निकाय नै बेखबर, पूर्वाधार विकासमा कर वृद्धि



अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । पछि, सो शीर्षक परिर्वतन गरेर आर्थिक वर्ष २०७४/७५ बाट पूर्वाधार विकास कर लिन थालिएको थियो । अहिलेसम्म ४१ अर्ब रुपैयाँ बढी रकम जम्मा भइसकेको छ ।तर सो रकमको कुनै लेखाजोखा हुन नसकेको सरकारी अधिकारीहरूले नै बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफै बनाउने घोषण गरेपछि सोको लागनी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर ५ रुपैयाँ भन्सार कर उठाउन थालिएको हो । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना आफैं निर्माण गर्ने घोषणा गरेको थियो ।सरकारको उक्त घोषणपछि नेपाल आयल निमगले पेट्रोलियम पदार्थबाट उठाएको प्रतिलिटर ५ रुपैयाँ भन्सार कर संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाउँदै आएको छ । आयल निगमले आर्थिक वर्ष २०७२/७३ देखि चालू आर्थिक वर्ष २०७६/७७ को माघ १५ सम्ममा पेट्रोलियम पदार्थबाट ४० अर्ब ९२ करोड २० लाख ९ हजार २ सय ३७ रुपैयाँ भन्सार कर संकलन गरेको जनाएको छ ।

निगमका अनुसार आव २०७/७३ देखि २०७३/७४ सम्म बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा र आर्थिक वर्ष २०७४/७५ बाट पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार बिन्दुमै उपभोक्ताबाट प्रतिलिटर पाँच रुपैयाँ उठाउँदै आएको छ । आयल निगमको तथ्यांकअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा १० अर्ब ५९ करोड १२ लाख ४० हजार ३१५ रुपैयाँ संकलन भएको छ भने पूर्वाधार विकास करका नाममा ३० अर्ब ३३ करोड ७ लाख ६८ हजार ९ सय २२ रुपैयाँ संकलन भएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा संकलन भएको १० अर्ब ५९ करोड १२ लाख ४० हजार ३१५ रुपैयाँ केमा खर्च भयो, यसबारे थाहा नभएको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रमुख दिलिपकुमार सडौलाले बताए । आयोजना प्रमुख सडौलाले भने, ‘आयोजना निर्माणका लागि अर्थ मन्त्रालयले वार्षिक बजेट विनियोजन गर्छ ।’ विनियोजित बजेटबाटै हामीले आयोजना निर्माणका लागि खर्च गर्ने हो । पेट्रोलियम पदार्थबाट आयोजनाको नाममा उठाएको पैसा खर्च भएको थाहा नहुने सडौलाको भनाइ छ । आयोजना निर्माणका लागि अर्थ मन्त्रालयले विनियोजन गरेको बजेट नै खर्च गर्न नसक्ने हुँदा सो संकलित रकमको खोजी नै नगरेको उनको भनाइ छ ।

आयोजना प्रमुख सडौलाले बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि हालसम्म डुवान क्षेत्रको मुआब्जा दिने कामबाहेक अन्य काम अघि बढ्न नसकेको बताए । यस्तै, पूर्वाधार विकासका लागि विगत तीन वर्षदेखि उपभोक्ताबाट उठाउँदै आएको रकम पनि के र कुन शीर्षकमा भएको खर्चबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जानकार छैन । मन्त्रालका एक अधिकृतले भने, ‘अर्थ मन्त्रालयले सडक मर्मतका लागि बजेट विनियोजन गरेको हुन्छ, त्यहीअनुसार खर्च गर्ने हो ।’ चालू आवमा सडक मर्मतका लागि अर्थ मन्त्रालयले ८ अर्ब रुपैयाँ बजेट दिएको छ । त्यो नै खर्च भइरहेको छ ।

पूर्वाधार विकास करमा वृद्धि

सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ । मन्त्रिपरिषद्को १२ फागुनमा बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाई इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि ५ रुपैयाँ लिने गरिएको थियो । सरकारले पूर्वाधार विकास कर बढाए पनि तत्काल मूल्य नबढाइने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार प्रतिलिटर ५ रुपैयाँका दरले कर लिँदा मासिक डेढ अर्ब रुपैयाँ संकलन हुने अनुमान छ । राजधानी दैनिक