९ श्रावण २०८३, शनिबार
,
Latest
डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र छविको मुद्दाको आज सुनुवाइ



अ+ अ-

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार उनीहरूको मुद्दा न्यायाधीश तेजनारायण पौडेल र सागर विष्ट रहेको चार नम्बर इजलासमा परेको छ। यसअघिको पेशी सार्वजनिक बिदा परेकाले स्थगित भएको थियो।

सुप्रिम सहकारी संस्थामा भएको ठगी प्रकरण र संगठित अपराध अभियोगमा लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो। गत साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।

लामिछानेले सहकारीमा भएको अपचलनसम्बन्धी आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसके पनि अदालतले पहिलो चरणमै जमानत नदिई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको थियो।

सुप्रिम सहकारीको ठगी प्रकरणसँग सम्बन्धित यस मुद्दाको पेशी गत १३ गतेपछि लगातार सारिँदै आएको थियो। आज तोकिएको सुनुवाइले मुद्दा आगामी प्रक्रिया कस्तो अघि बढ्छ भन्ने निर्धारण गर्ने अपेक्षा गरिएको छ।